४१ औं नेत्र ज्योति दिवस २०७५ को उपलक्ष्यमा लहान न.पा.१५ स्थित पंचवती मंदिर संरक्षण बिकास समिति भवन, ढोढनामा एक दिने निःशुल्क आँखा, कान जाँच शिविर तथा जनचेतना मूलक प्रशिक्षण र प्रदर्शनी आयोजना गरि ३६४ जनाको आँखा तथा ५८ जनाको कान जाँच गरि ९२ जना मोतिबिन्दु भेटिएका बिरामीहरुलाई निःशुल्क शल्यकृयाको लागि सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा पठाईएको छ । शिविरको उद्यघाटन नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा, सिरहाको सभापति माननिय श्री पद्यम नारायण चौधरी, सचिव श्री बिश्वनाथ महतो तथा लहान न.पा.१५ का वडा अध्यक्ष श्री तेज नारायण चौधरीले ज्यू ले गर्नुभयो । #SCEH #NNJS